न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर ५ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नबिनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published Date: 20 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता