राष्ट्र बैंकका गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४ लाख ९७ हजार रुपैयाँ भत्ता

राष्ट्र बैंकका गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४ लाख ९७ हजार रुपैयाँ भत्ता : Icon Khabar

काठमाडौँ, मंसिर ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका छन् । त्यस्तै ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता लिएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, डेपुटी गभर्नर अर्थसचिव र ३ जना अन्य सदस्य हुन्छन् । गत आवमा डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब लिएकी छन् ।

उनले सञ्चालक समितिको बैठक भत्तावापत २ लाख ९७ हजार बुझेको प्रतिवेदनमा उल्लेख छ । ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ता लिएको प्रतिवेदनमा जनाइएको छ ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार बुझेका छन् । उनले तलबको रुपमा १४ लाख ६० हजार ४०० रुपैयाँ बुझ्दा सञ्चालक समितिको बैठक भत्ताका रुपमा ३ लाख १५ हजार पाएका छन् ।

Published Date: 20 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता