भुकम्पले जनधनको क्षति भोगेको टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

भुकम्पले जनधनको क्षति भोगेको टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने : Icon Khabar

काठमाडौँ, माघ २५ । नेपालले भूकम्प प्रभावित देश टर्कीमा राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने,’टर्की नेपालको असल मित्रराष्ट्र हो, नेपालको तर्फबाट सम्भव हुने सबै सहयोग गर्नेछौं।
हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो । टर्की सरकारको दुखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2023
Website | + posts