मेटालाई भारतले लगायो २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना

मेटालाई भारतले लगायो २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना : Icon Khabar

नयाँ दिल्ली, मंसिर ४ । अमेरिकी खर्बपति व्यापारी मार्क जुकरबर्गको कम्पनीलाई भारतले जरिवाना लगाएको छ । प्रयोगकर्ताको गोपनीयतासम्बन्धी मामिलामा भारतको प्रतिस्पर्धा हेर्ने नियामक सीसीआईले मेटामाथि २ अर्ब १३ करोड १४ लाख भारु जरिवाना लगाएको हो ।

मेटाको सहायक कम्पनी ह्वाट्सएपले गोपनीयता नीतिमा लापरबाही गरेको र प्रयोगकर्ताको डेटा चोरेको अभियोगमा जरिवाना तिराइएको हो । मेटाले बजारमा आफ्नो वर्चश्वको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ । जरिवाना सन् २०२१ मा ह्वाट्स एपको गोपनीयता नीतिसँग सम्बन्धित छ ।

जरिवानाको साथै सीसीआईले मेटामाथि उसको प्लेटफर्ममा जम्मा पारेको प्रयोगकर्ताका डेटा पाँच वर्षसम्म विज्ञापनका लागि मेटाका अन्य कुनै प्रडक्ट वा कम्पनीसँग शेयर नगर्न पनि आदेश दिएको छ । यो समयसम्म कम्पनीले सुधारको दिशामा जरुरी कदम उठाउन र त्यसलाई लागू गर्न पनि आदेश दिइएको छ ।

Published Date: 19 November 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर