मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । मंगलबार नेप्से परिसूचक ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको १ लाख ५ हजार ८२७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज समृद्धि फाइनान्सको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब २५ करोडको शेयर किनबेच भएको छ।

आज हाइड्रोपावर उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 19 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर