मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ५१.११ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर ४ । मंगलबार नेप्से परिसूचक ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको १ लाख ५ हजार ८२७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज समृद्धि फाइनान्सको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब २५ करोडको शेयर किनबेच भएको छ।

आज हाइड्रोपावर उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू