नयाँ फिल्म ‘कल्ली’ मार्फत अभिनेता उत्तम प्रधानको कमव्याक हुँदै

नयाँ फिल्म ‘कल्ली’ मार्फत अभिनेता उत्तम प्रधानको कमव्याक हुँदै : Icon Khabar

काठमाडौं, कार्तिक २१ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ ।

सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि फिल्ममा कलाकार उत्तम प्रधानको प्रवेशपछि फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको हो ।

उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय थिएनन् ।

फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।

Published Date: 06 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु