नयाँ फिल्म ‘कल्ली’ मार्फत अभिनेता उत्तम प्रधानको कमव्याक हुँदै

नयाँ फिल्म ‘कल्ली’ मार्फत अभिनेता उत्तम प्रधानको कमव्याक हुँदै : Icon Khabar

काठमाडौं, कार्तिक २१ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ ।

सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमाल पछि फिल्ममा कलाकार उत्तम प्रधानको प्रवेशपछि फिल्ममा कलाकारको लाइनअप बलियो बन्दै गएको हो ।

उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिएका थिए । त्यसपछि भने उनी नेपाली फिल्ममा सक्रिय थिएनन् ।

फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न