पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना, ट्रम्प र ह्यारिसबिच प्रतिस्पर्धा

पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना, ट्रम्प र ह्यारिसबिच प्रतिस्पर्धा : Icon Khabar

वासिङ्टन डीसी, कार्तिक २१ । अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने कमला ह्यारिसले उनलाई पछ्याइरहेकी छिन् ।

अन्य राज्यहरूको तुलनामा, पेन्सल्भेनियामा धेरै १९ इलेक्टोरल कलेज भोट छ । यस्तो अवस्थामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका लागि यो राज्यमा जित महत्त्वपूर्ण हुनेछ ।

पेन्सिलभेनियामा पनि मतगणना बिस्तारै भइरहेको छ । यहाँको कानुनअनुसार मेलबाट प्राप्त मतपत्रको मतगणना निर्वाचनको दिनसम्म सुरु गर्न पाइँदैन । यस्तो अवस्थामा २०२० को चुनावमा जस्तै राज्यमा कसले जित्ला भनेर पत्ता लगाउन धेरै दिन लाग्न सक्छ ।

सन् ०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले यहाँ शून्य दशमलव ७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए भने सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेन १ दशमलव १७ प्रतिशत मतान्तरले विजयी भएका थिए । यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबिच यसपटक कसले जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन