पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना, ट्रम्प र ह्यारिसबिच प्रतिस्पर्धा

पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना, ट्रम्प र ह्यारिसबिच प्रतिस्पर्धा : Icon Khabar

वासिङ्टन डीसी, कार्तिक २१ । अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने कमला ह्यारिसले उनलाई पछ्याइरहेकी छिन् ।

अन्य राज्यहरूको तुलनामा, पेन्सल्भेनियामा धेरै १९ इलेक्टोरल कलेज भोट छ । यस्तो अवस्थामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका लागि यो राज्यमा जित महत्त्वपूर्ण हुनेछ ।

पेन्सिलभेनियामा पनि मतगणना बिस्तारै भइरहेको छ । यहाँको कानुनअनुसार मेलबाट प्राप्त मतपत्रको मतगणना निर्वाचनको दिनसम्म सुरु गर्न पाइँदैन । यस्तो अवस्थामा २०२० को चुनावमा जस्तै राज्यमा कसले जित्ला भनेर पत्ता लगाउन धेरै दिन लाग्न सक्छ ।

सन् ०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले यहाँ शून्य दशमलव ७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए भने सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेन १ दशमलव १७ प्रतिशत मतान्तरले विजयी भएका थिए । यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबिच यसपटक कसले जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।

Published Date: 06 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता