त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद : Icon Khabar

काठमाडौं, कार्तिक २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नम्बर जी ९५३० मा  शारजाहबाट काठमाडौं आएका उनीहरूलाई सुनससहित नियन्त्रणमा लिइएको उनले बताए । सहप्रवक्ता थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब साढे पाँच किलो सुन फेला परेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनीहरूलाई निमन्त्रणमा लिएको हो । सुनसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको डीएसपी थापाले बताए ।

Published Date: 06 November 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर