टिकटकको संस्थापक झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

टिकटकको संस्थापक झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति : Icon Khabar

काठमाडौं, कार्तिक १४ । टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ हाल चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उसले नोंगफु स्प्रिङका झोंग शान्शानलाई उछिनेका छन् ।

यिमिङको कुल सम्पति करिब ४९.३० अर्ब डलर पुगेको छ । जसको मुख्य स्रोत बाइटडान्सको निजी बजार मूल्यांकनमा आधारित छ । जुन लगभग २१७ अर्ब डलर रहेको छ ।

बाइटडान्सले अमेरिकामा टिकटकको स्वामित्वलाई लिएर राजनीतिक दबाब सामना गर्दै आएको छ भने चीनमा प्रविधि क्षेत्रमा आईरहेको मन्दीले धेरै कम्पनीको मूल्यांकन घटाएको छ ।

यद्दपि, झाङ चीनको धनीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । तर चीनमा कुल अर्बपतिहरुको संख्या भने घटेको छ । यो कमी चीनको रियल स्टेट क्षेत्रको आर्थिक चुनौतीसँगै प्रविधि कम्पनीहरुमाथि जारी नियामक नियन्त्रणका कारण देखिएको छ । जसले धेरै व्यावसायिकको आर्थिक स्थिति कमजोर बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Published Date: 30 October 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता