टिकटकको संस्थापक झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

टिकटकको संस्थापक झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति : Icon Khabar

काठमाडौं, कार्तिक १४ । टिकटकको माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ हाल चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उसले नोंगफु स्प्रिङका झोंग शान्शानलाई उछिनेका छन् ।

यिमिङको कुल सम्पति करिब ४९.३० अर्ब डलर पुगेको छ । जसको मुख्य स्रोत बाइटडान्सको निजी बजार मूल्यांकनमा आधारित छ । जुन लगभग २१७ अर्ब डलर रहेको छ ।

बाइटडान्सले अमेरिकामा टिकटकको स्वामित्वलाई लिएर राजनीतिक दबाब सामना गर्दै आएको छ भने चीनमा प्रविधि क्षेत्रमा आईरहेको मन्दीले धेरै कम्पनीको मूल्यांकन घटाएको छ ।

यद्दपि, झाङ चीनको धनीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । तर चीनमा कुल अर्बपतिहरुको संख्या भने घटेको छ । यो कमी चीनको रियल स्टेट क्षेत्रको आर्थिक चुनौतीसँगै प्रविधि कम्पनीहरुमाथि जारी नियामक नियन्त्रणका कारण देखिएको छ । जसले धेरै व्यावसायिकको आर्थिक स्थिति कमजोर बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
3
+1
1
+1
0
Published Date: 30 October 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)