बुधबार नेप्से परिसूचक १४.४३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १४.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक १४ । बुधबार नेप्से परिसूचक १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ ।

आज २ दिनमा ७४ अंक बढेपछि बुधबार सेयर बजारमा करेक्सन आएको हो । ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित भएको अनुमान गरिएको छ । यसअघि नेप्से लगातार २ दिन बढेको थियो । ५ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । करिब आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका सूचक मात्र हरिया देखिएका छन् ।

आज ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।

Published Date: 30 October 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली