बुधबार नेप्से परिसूचक १४.४३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १४.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक १४ । बुधबार नेप्से परिसूचक १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ ।

आज २ दिनमा ७४ अंक बढेपछि बुधबार सेयर बजारमा करेक्सन आएको हो । ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित भएको अनुमान गरिएको छ । यसअघि नेप्से लगातार २ दिन बढेको थियो । ५ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । करिब आधा दर्जन कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ३ वटा समूहका सूचक मात्र हरिया देखिएका छन् ।

आज ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।

Published Date: 30 October 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने