देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा

देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् ।

यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

Published Date: 28 October 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर