काठमाडौँ महानगरपालिकामा प्लास्टिकको फूल बेच्न प्रतिबन्ध

काठमाडौँ महानगरपालिकामा प्लास्टिकको फूल बेच्न प्रतिबन्ध : Icon Khabar

काठमाडौं, कार्तिक १३ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेका छन् ।

मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिएका छन् । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो ।

यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।

व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनसमेत मेयर शाहले अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ ।’

Published Date: 29 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न