नयाँ दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको कुरा हल्ला मात्रै

नयाँ दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको कुरा हल्ला मात्रै : Icon Khabar

काठमाडौँ, कात्तिक १२ । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ ।

काठमाडौँबाट भारतको नयाँ दिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओराले जाँच भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ‘एयर इण्डिया’को विमानमा बमको हल्लापछि अहिले जाँच भइरहेको हो । हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको छैन ।

“भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर, अहिलेसम्म त्यस्तो कुनै शङ्कास्पद बस्तु फेला परेको छैन”, प्रवक्ता कार्कीले भने।

एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि अहिले विमानको जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उक्त विमानको जाँच प्रक्रिया चलिरहे पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ ।

दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरिरहेको छ । सो विमान काठमाडौँबाट एक यस ५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो ।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो ।

भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो । उक्त विमानमा पनि कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन । रासस

Published Date: 28 October 2024
ताजा
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढ्यो
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता