काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना : Icon Khabar

काठमाडौँ, कार्तिक १२ । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।

सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनका अनुसार यसबारे बुझ्ने काम भइरहेको छ।

‘आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो,’ उनले सेतोपाटीसँग भने।

उनकाअनुसार अहिले ४० जना यात्रुलाई उतारिसकेको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो।

तर उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो।

पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसैबीच नेपाल उडेको भिस्तारामा पनि यो घटना देखिएको हो।

Published Date: 28 October 2024
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक