‘महापुरूष’ अब युट्युबमा रिलिज हुने

‘महापुरूष’ अब युट्युबमा रिलिज हुने : Icon Khabar

काठमाडौं, कार्तिक १२ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार फिल्म ‘महापुरूष’ अब युट्युबमा रिलिज हुने भएको छ।

दुई वर्षअघि हलमा प्रदर्शनमा आएर व्यवसायिक सफलता प्राप्त गरेको फिल्म लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गते युट्युबमा रिलिज हुन लागेको हो।

फिल्मलाई केन्द्र मोशन पिक्चर्सको युट्युबमा रिलिज गर्न लागिएको निर्माता कम्पनी षट्कोण आर्ट्सले जनाएको छ। यो फिल्म यसअघि ओटिटी प्लेटफर्ममा समेत स्ट्रिमिङ भइसकेको छ।

पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराईली, रबिन्द्र सिंह बानियाँ, नरेश पौड्याल, सिरू बिष्ट, कोपिला थापा लगायत कलाकारहरूको अभिनय छ।

Published Date: 28 October 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर