सिनेमा हलभित्र पानी र खानेकुरा एमआरपीभन्दा बढीमा बिक्री गर्न नपाइने

सिनेमा हलभित्र पानी र खानेकुरा एमआरपीभन्दा बढीमा बिक्री गर्न नपाइने : Icon Khabar

काठमाडौं, कार्तिक ७ । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
1
Published Date: 23 October 2024
Website | + posts