रास्वपाको विरोध प्रदर्शन आज पनि पोखरामा जारी

रास्वपाको विरोध प्रदर्शन आज पनि पोखरामा जारी : Icon Khabar

पोखरा, कार्तिक ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।
लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष वयान सुरु भएको छ ।

रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएका बताइएको छ । यसैबीच रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सविता गौतम, मनिष झा, रमेश प्रसाईँलगायतका नेताहरुले स्थानीयको घर-घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 October 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू