पोखरामा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा

पोखरामा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ।

आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। प्रशासनले सहिद चोक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। निषेधित क्षेत्रबाट हट्न पटक-पटक गरेको आग्रहलाई प्रदर्शनकारीहरूले अटेर गरेको भन्दै प्रहरीले सुरूमा पानीको फोहरा हानेको थियो। प्रशासनले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ।

साथै रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ।

त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित गर्दै अश्रुग्यास हानेको छ। भिड तितरबितर गर्न अश्रुग्यास प्रहार गरिएको प्रहरीको भनाइ छ।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आइतबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

Published Date: 20 October 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’