पोखरामा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा

पोखरामा प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको छ।

आइतबार दिउँसो पोखराको सहिद चोकमा रास्वपा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए। प्रशासनले सहिद चोक क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। निषेधित क्षेत्रबाट हट्न पटक-पटक गरेको आग्रहलाई प्रदर्शनकारीहरूले अटेर गरेको भन्दै प्रहरीले सुरूमा पानीको फोहरा हानेको थियो। प्रशासनले निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ।

साथै रास्वपा कार्यकर्ताहरू र प्रहरीबीच धकेलाधकेल भएको छ।

त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई लक्षित गर्दै अश्रुग्यास हानेको छ। भिड तितरबितर गर्न अश्रुग्यास प्रहार गरिएको प्रहरीको भनाइ छ।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले गत शुक्रबार पक्राउ गरी पोखरा लगेको थियो। लामिछानेलाई आइतबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने