कास्की पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा

कास्की पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा : Icon Khabar

पोखरा, कात्तिक ४ । कास्कीको शहरी चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जानकारी दिए।

उहाँका अनुसार उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts








ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला