कास्की पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा

कास्की पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा : Icon Khabar

पोखरा, कात्तिक ४ । कास्कीको शहरी चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि जिल्ला प्रशासन कार्यालयले कास्कीको ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जानकारी दिए।

उहाँका अनुसार उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

Published Date: 20 October 2024
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी