आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि कात्तिक २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 20 October 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड