बर्नमाउथद्वारा आर्सनल २-० ले पराजित

बर्नमाउथद्वारा आर्सनल २-० ले पराजित : Icon Khabar

काठमाडौं, कार्तिक ४ । प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो ।

बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे ।

खेलको ३०औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो ।

त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ७०औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । क्लुइऐर्टले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए ।

हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४-१ ले हरायो ।

एस्टन भिल्लाले फुलहमलाई ३-१ ले, एभरटनले इप्स्विच टाउनलाई २-० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३-२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १-० ले हरायो ।

Published Date: 20 October 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड