बर्नमाउथद्वारा आर्सनल २-० ले पराजित

बर्नमाउथद्वारा आर्सनल २-० ले पराजित : Icon Khabar

काठमाडौं, कार्तिक ४ । प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो ।

बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे ।

खेलको ३०औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो ।

त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ७०औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । क्लुइऐर्टले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए ।

हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४-१ ले हरायो ।

एस्टन भिल्लाले फुलहमलाई ३-१ ले, एभरटनले इप्स्विच टाउनलाई २-० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३-२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने