खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प

खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प : Icon Khabar

खोटाङ, असोज २९ । खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावाबेंसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भूकम्पको केन्द्र कुभिण्डेमा पनि हालसम्म कुनै क्षति भएको जानकारी नआएको त्यहाँका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोकको जलवीरे केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्यूडको र भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Published Date: 15 October 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग