मंगलबार सुन प्रतितोला १४ सय रुपैयाँले बढ्यो

मंगलबार सुन प्रतितोला १४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २९ । लगातार ४ दिन घटेको सुनको भाउ दसै लगत्तै भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि असोज २३ गते सुनको भाउ १ लाख ५९ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

दसैंअघि असोज २०, २१, २२ र २३ गते भने सुनको भाउ क्रमशः प्रतितोला ३००, ५००, ४०० र १ हजार रुपैयाँले घटेको थियो । त्यसपछि असोज २४ गतेबाट ५ दिन अर्थात् असोज २८ गतेसम्म भने विदाको कारण सुन–चाँदीको कारोबार भएको थिएन ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि असोज २३ गते चाँदीको भाउ प्रतितोला १९ सय रुपैयाँ कायम रहेको थियो ।

Published Date: 15 October 2024






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड