मंगलबार सुन प्रतितोला १४ सय रुपैयाँले बढ्यो

मंगलबार सुन प्रतितोला १४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २९ । लगातार ४ दिन घटेको सुनको भाउ दसै लगत्तै भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि असोज २३ गते सुनको भाउ १ लाख ५९ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

दसैंअघि असोज २०, २१, २२ र २३ गते भने सुनको भाउ क्रमशः प्रतितोला ३००, ५००, ४०० र १ हजार रुपैयाँले घटेको थियो । त्यसपछि असोज २४ गतेबाट ५ दिन अर्थात् असोज २८ गतेसम्म भने विदाको कारण सुन–चाँदीको कारोबार भएको थिएन ।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १९ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि असोज २३ गते चाँदीको भाउ प्रतितोला १९ सय रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित