ह्युमपाइपले जोड्यो सिन्धुपाल्चोकको तातोपानी नाका

ह्युमपाइपले जोड्यो सिन्धुपाल्चोकको तातोपानी नाका : Icon Khabar

सिन्धुपाल्चोक, असोज २० । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

गएको शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार, भोटेकोसी गाउँपालिका–२, लार्चामा ह्युमपाइप राखेर साना सवारीसाधन आवतजावत गराइएको छ । ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार, ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन ‘पास’ गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिए पनि कोदारीको पहिरो र लिपिङखोलामाथि पुल राख्न अझै बाँकी रहेको उनले बताए ।

लार्चामा ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारी आवतजावत गराउन कठिनाइ भएको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ । भोटेकोसीको बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका निम्ति तुइन समेत राखिएको छ । लार्चामा रहेको बेलिब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।

पुल बगाएपछि ठप्प बनेको तातोपानी नाका लार्चामा तुइन बनाइएपछि स्थानीयलाई आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैंका निम्ति चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब ९०० भन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 October 2024
Website | + posts
ताजा
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू