सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि अब अनलाइन गेट पास

सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि अब अनलाइन गेट पास : Icon Khabar

काठमाडौं, असोज २१ । सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि सरकारले स्मार्ट गेट पास सिस्टम सञ्चालनमा ल्याएको छ । विभिन्न काम विशेषले देशको प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार प्रवेश गर्दा नागरिकले गेट पासको नाममा खेप्दै आएको सास्ती दूर गर्न यस्तो व्यवस्था मिलाइएको हो ।

गेट पासका लागि छुट्टै वेबसाइट नै तयार पारिएको छ । सिंहदरबार प्रवेश गर्नका लागि आवश्यक पर्ने गेट पास लिन चाहनेहरूले सिंहदरबारपास डट जीओभी डट एनपीमा गएर अथवा यहाँ क्लिक गरेर रजिस्ट्रेसन गर्नुपर्ने अर्थात् अकाउन्ट खोल्नु पर्ने हुन्छ ।

यसका लागि मोबाइल नम्बर, ईमेल, नाम, ठेगाना, परिचयपत्र र त्यसको नम्बर उल्लेख गरेर पासवर्ड अनिवार्य रूपमा समावेश गर्नु पर्ने हुन्छ । त्यसपछि साइट लगइन गर्नु भयो भने बायाँ तर्फ ‘कार्यालय भ्रमण अनुरोध’ अन्तर्गत अनुरोध फाराममा जानु होस् ।

त्यसपछि खुल्ने फाराममा जान चाहेको कार्यालय, मिति, समय, सवारी साधन भए नभएको, साथमा थप व्यक्ति भए नभएको र भेट्नुपर्ने उद्देश्य खुलाएर बुझाउनु पर्ने हुन्छ । अनलाइनबाट गेट पासका लागि अनुरोध गरिसकेपछि सोही वेबसाइट बाटै गेट पास स्वीकृत भए नभएको समेत थाहा पाउन सकिन्छ ।

यसअघि गेट पासका लागि गेट बाहिर घण्टौंसम्म कुर्नुपर्ने, मन्त्रालयका कर्मचारीहरूलाई हारगुहार गर्नु पर्ने, भनसुन गर्नुपर्ने बाध्यता रहेको थियो । अब भने यो स्मार्ट गेट पास सिस्टमले त्यस खाले झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । यो सुविधा नागरिक एपमा समेत चाँडै उपलब्ध हुने बताइएको छ ।

Published Date: 07 October 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी