सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि अब अनलाइन गेट पास

सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि अब अनलाइन गेट पास : Icon Khabar

काठमाडौं, असोज २१ । सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि सरकारले स्मार्ट गेट पास सिस्टम सञ्चालनमा ल्याएको छ । विभिन्न काम विशेषले देशको प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार प्रवेश गर्दा नागरिकले गेट पासको नाममा खेप्दै आएको सास्ती दूर गर्न यस्तो व्यवस्था मिलाइएको हो ।

गेट पासका लागि छुट्टै वेबसाइट नै तयार पारिएको छ । सिंहदरबार प्रवेश गर्नका लागि आवश्यक पर्ने गेट पास लिन चाहनेहरूले सिंहदरबारपास डट जीओभी डट एनपीमा गएर अथवा यहाँ क्लिक गरेर रजिस्ट्रेसन गर्नुपर्ने अर्थात् अकाउन्ट खोल्नु पर्ने हुन्छ ।

यसका लागि मोबाइल नम्बर, ईमेल, नाम, ठेगाना, परिचयपत्र र त्यसको नम्बर उल्लेख गरेर पासवर्ड अनिवार्य रूपमा समावेश गर्नु पर्ने हुन्छ । त्यसपछि साइट लगइन गर्नु भयो भने बायाँ तर्फ ‘कार्यालय भ्रमण अनुरोध’ अन्तर्गत अनुरोध फाराममा जानु होस् ।

त्यसपछि खुल्ने फाराममा जान चाहेको कार्यालय, मिति, समय, सवारी साधन भए नभएको, साथमा थप व्यक्ति भए नभएको र भेट्नुपर्ने उद्देश्य खुलाएर बुझाउनु पर्ने हुन्छ । अनलाइनबाट गेट पासका लागि अनुरोध गरिसकेपछि सोही वेबसाइट बाटै गेट पास स्वीकृत भए नभएको समेत थाहा पाउन सकिन्छ ।

यसअघि गेट पासका लागि गेट बाहिर घण्टौंसम्म कुर्नुपर्ने, मन्त्रालयका कर्मचारीहरूलाई हारगुहार गर्नु पर्ने, भनसुन गर्नुपर्ने बाध्यता रहेको थियो । अब भने यो स्मार्ट गेट पास सिस्टमले त्यस खाले झन्झटलाई हटाउने अपेक्षा गरिएको छ । यो सुविधा नागरिक एपमा समेत चाँडै उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 October 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू