सिंहदरबारबाट ६ जना पक्राउ

सिंहदरबारबाट ६ जना पक्राउ : Icon Khabar

काठमाडौं, असोज २० । सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ ।

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2024
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने