साइकल कनेक्ट भक्तपुरको वार्षिक साधारणसभा सम्पन्न

साइकल कनेक्ट भक्तपुरको वार्षिक साधारणसभा सम्पन्न : Icon Khabar
तस्बिर: जिरो वान स्टुडियो

भक्तपुर, असोज २० । “पैदल र पेडल मैत्री शहर” को मुख्य अवधारणा सहित विभिन्न कार्यक्रमहरू अगाडी बढाइसहेको भक्तपुरका साइकलप्रेमीहरूको समुह साइकल कनेक्ट भक्तपुरको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

सोहि अवसरमा शनिबार बिहान भक्तपुरको ब्यासीमा साइकल कनेक्ट भक्तपुर, प्रभात भुपू विद्यार्थी समाज, नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर शाखा, जुजु बाइक्स तथा पायोनियर ओपन क्रु लगायतका संघसस्थाहरूको अगुवाइमा विपद पिडितहरूको निम्ति बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा सर्वाधिक रक्तदान गर्ने शतक रक्तदाता प्रेमसागर कर्मचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो।

रक्तदान कार्यक्रम पश्चात साधारण सभाको बैठक दत्तात्रय अवस्थित किङ्स क्याफेमा बसेको थियो। सो अवसरमा अध्यक्ष सुमित बालाले वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशाको लागी प्रस्ताव प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष जीवन वातांकक्षीले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

अध्यक्षको प्रस्ताव प्रतिवेदनमा सांगठनिक संरचना, सदस्यता तथा वार्षिक गतिविधिहरूबारे विस्तारमा उल्लेख गरिएको थियो। अध्यक्षद्वारा छलफलको लागि पेश गरिएको आगामी कार्यदिशाको प्रस्ताव प्रतिवेदनमा सञ्चालक समितिका सदस्यहरूबाट राय सुझाव संकलन गरी परिमार्जन सहित पारित गर्ने निर्णय गरिएको छ। दशैं, तिहार तथा न्हुँ दँको अवसरमा सबैमाझ शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम पश्चात साधारण सभा सम्पन्न गरिएको थियो।

सोही अवसरमा अपरान्ह साइकल कनेक्ट जेन-जी तथा लियो क्लब अफ केदाररेश्वरको आयोजनामा चांगुनारायण चिहान डाँडामा “काइट्स अन व्हील” चंगा चैत कार्यक्रम पनि गरिएको थियो।

Published Date: 06 October 2024
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न