पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फिर्ता

पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फिर्ता : Icon Khabar

काठमाडौँ, असोज २० । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।

धार्मिक भ्रमणमा भुटान गएका भनिएका शाहले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेको बताइएको छ ।

पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए । भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।

पूर्वराजा शाहको भुटान भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2024
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने