पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजारले छोडे काठमाडौं उपत्यका

पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजारले छोडे काठमाडौं उपत्यका : Icon Khabar

काठमाडौँ, असोज २० । पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन्। उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन्।

गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो। बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको बताए। तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको उनले बताए।

गत वर्ष सोही अवधिमा ८/१० लाख जनाले उपत्यका छोडिसक्थे।

यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ। केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ।

‘प्राय फूलपातीको दिन र अघिल्लो दिनमा बाहिरिने संख्या बढ्ने गरेको छ,’ डिएसपी कार्कीले भने।

अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ। सुख्खा पहिरो खसेका छन्। पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन्।

Published Date: 06 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली