सेयर बजारमा आजदेखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने

सेयर बजारमा आजदेखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने : Icon Khabar

काठमाडौं, असोज २० । सेयर बजारका लगानीकर्ताहरुले आज (असोज २० गते) आइतबारदेखि नयाँ टीएमएस प्रयोग गरी सेयर कारोबार गर्न पाउने भएका छन् । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो । अरु ब्रोकर कम्पनीहरु पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारीमा रहेका छन् ।

नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।

मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने उनीहरुको भनाई छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हर–हिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ।

यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले सेयर कारोबार निकै सहज हुने एसोसिएसनको दाबी छ । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

Published Date: 06 October 2024
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी