आजसम्म शेयर बेच्नेले दसैं अगाडि पैसा पाउने

आजसम्म शेयर बेच्नेले दसैं अगाडि पैसा पाउने : Icon Khabar

काठमाडौँ, असोज २० । आइतबार अर्थात आजसम्म नेपाली धितोपत्रको दोस्रो बजारमा शेयर बिक्री गर्ने लगानीकर्ताले दशैँ अघि पैसा पाउनेछन्।

आज शेयर बिक्री गरेका लगानीकर्ताहरुले टि प्लस २ का आधारमा आगामी बुधबार (असोज २३ गते) पैसा पाउनेछन्। बुधबार दशैँ अघिको अन्तिम कारोबार दिन हो।

भोली अर्थात सोमबार शेयर बिक्री गरेमा दशैअघि राफसाफ हुने छैन। जसका कारण भोलीदेखि बेचिएका शेयरको पैसा दशैँ अघि लगानीकर्ताले पाउने छैनन्।

Published Date: 06 October 2024