तेज बहादुर कार्की र निशा चौधरी सर्वोत्कृष्ट

तेज बहादुर कार्की र निशा चौधरी सर्वोत्कृष्ट : Icon Khabar

काठमाडौं, माघ २३ । गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ सेकेन्डमा पुरा गरे । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६ दशमलव ०६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट ०२ सेकेन्डको समयको साथ तेस्रो भए । महिला ५ हजार मिटरमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राम माया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

पुरुष दुई समय मिटर दौडमा भने एपीएफका शिबराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निर प्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौंका अरुण महतो २३ दशमलव ०५ सेकेन्डको समय निकाल्दै तेस्रो बने । महिला स्पर्धामा दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमिताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।

त्यसैगरी पुरुष ८ सय मिटर दौडमा पुलिसका तेजबहादुर कार्की १ मिनेट ५८ दशमलव ४ सेकेन्डको समय निकाल्दै पहिलो बनेका छन् । महिला ८ सय मिटरमा एपीएफकी फुलमती राना २ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै पहिलो भएका छन्। त्यसै पुरुष ट्रिपल जम्पमा एपीएफका सलिम देवान १३ दशमलव ४८ सेन्टिमिटरको दुरी पार गर्दै पहिलो बनेका छन् । महिला स्पर्धामा पुलिसकी सिमा चौधरी १० दशमलव २९ मिटरको दुरी पार गर्दै पहिलो बनिन् ।

ज्याभलिन थ्रो पुरुषमा ५२ दशमलव ५५ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै एपीएफका रमेश पोखरेल पहिलो बने । महिला स्पर्धामाचन्द्रकला लाम्घादे ४२ दशमलव १३ सेन्टिमिटरको दुरीमा थ्रो गर्दै पहिलो बनिन् ।

पुरुष सटपुटमा पुलिसका पुस्कल खड्का ११ दशमलव ७४ को दुरी पार गर्दै पहिलो बनेका छन् । महिला स्पर्धामा पुलिसकी चन्द्रकला लाम्घादे ११ दशमलव ९७ मिटरको दुरी तय गर्दै पहिलो बनिन् ।

चार बाई चार सय मिटर मिक्स रिलेमा एपीएफको टिम च्याम्पियन बनेका छन् । लुम्बिनी प्रदेशको टिम दोस्रो र नेपाल पुलिस क्लबको टिम तेस्रो भए ।

प्रतियोगितामा विभागीय सहित ३ सय खेलाडीले सहभागीता जनाएका थिए । पदक विजेता खेलाडीलाई राखेप सदस्य सचिब टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपको स्विकृतिमा सञ्चालित प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती सहित विभिन्न ब्यवसायीक संघ संस्थाले सहकार्य गरेको थियो ।

Published Date: 06 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ