पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ २३ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो ।

उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन् । गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए ।

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ र इ सेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाईंले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिए ।‘खेल र खेलाडीलाई सम्मान गर्न १९ वर्षदेखि अवार्ड आयोजना हुनु सह्रानीय काम हो । मेरो व्यक्तिगत तर्फबाट पनि यस कार्यका लागि धन्यवाद भन्न चाहन्छु । यो आयोजना अझ राम्रोसँग अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु ।

एनएसजेएफसंग इ–सेवाको यो तेस्रो वर्षको सहकार्य हो । पिपल्स च्वाइस अवार्ड खेलप्रेमी समर्थकहरूले खेलाडीहरूप्रति देखाउने मायाको माध्यम हो ।’ इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।

यो वर्षको अवार्ड ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् । यो अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी हो ।

Published Date: 06 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ