नेपाली काँग्रेस राष्ट्रपतिको लोभमा फस्न नमिल्ने : अध्यक्ष बिजुक्छे

नेपाली काँग्रेस राष्ट्रपतिको लोभमा फस्न नमिल्ने : अध्यक्ष बिजुक्छे : Icon Khabar

भक्तपुर, माघ २३। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेस राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् । रफत सञ्चार क्लवको १३औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने काँग्रेस यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने बताए ।

अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढन नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गरे । उनको निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नहुने बताए ।

अध्यक्ष बिजुक्छेले भने, ‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली काँग्रेसले त्यो बाटो अपनाएको हो कि ? यदि साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो र कार्यक्रम घोषणा पत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि । जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन । ’

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीहरुको अहिलेको जुन गठबन्धन छ । त्यो सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित