विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह

विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह : Icon Khabar

काठमाडौँ, असोज १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का बेला प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरूको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेका हुन्।

उनका अनुसार यो मौसममा पानीजन्य रोग जस्तै झाडापखाला, हैजा र कीटजन्य रोगमा डेंगु, मलेरियाको जोखिम बढ्ने गर्छ ।

यस्ता रोगको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने आग्रह गर्नुभयो । साथै सरोकारवाला निकायलाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे।

साथै आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै पनि समस्याको बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

आपत्कालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन न १०२ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध छ ।

Published Date: 29 September 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली