विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह

विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह : Icon Khabar

काठमाडौँ, असोज १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्का बेलामा पानीजन्य रोगको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का बेला प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरूको जोखिम बढ्ने हुँदा सचेत रहन आग्रह गरेका हुन्।

उनका अनुसार यो मौसममा पानीजन्य रोग जस्तै झाडापखाला, हैजा र कीटजन्य रोगमा डेंगु, मलेरियाको जोखिम बढ्ने गर्छ ।

यस्ता रोगको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने आग्रह गर्नुभयो । साथै सरोकारवाला निकायलाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे।

साथै आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै पनि समस्याको बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।

आपत्कालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालीम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन न १०२ मा सम्पर्क गर्न मन्त्रालयको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू