बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न सरकारको निर्देशन

बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न सरकारको निर्देशन : Icon Khabar

काठमाडौँ, असोज १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपदमा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले वर्षा र त्यसपछि आएको बाढी पहिरोसहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले प्रदेश जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए।

साथै स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ औँ घण्टा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको डा. बुढाथोकीले बताए।

डा.बुढाथोकीका अनुसार मन्त्रालयले प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले हब तथा स्याटलाइट अस्पतालहरूसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहहरूलाई तयारी अवस्थामा राख्न, प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रहरूले स्वास्थ्य साझेदारी निकायहरूसँग समन्वयन गर्न र स्रोत अद्यावधिक गर्न निर्देशन दिएको छ ।

त्यस्तै, हब तथा स्याटलाइट अस्पताल सञ्जालहरूले अस्पताल विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार प्रतिकार्य गर्न निर्देशन दिएको डा.बुढाथोकीको भनाइ छ ।

सबै प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिइसकेको उहाँले जानकारी दिए।

दुई दिन परेको अविरल वर्षका कारण आएको बाढी पहिरो र डुबानबाट करिब एक सयभन्दा बढीको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् ।

Published Date: 29 September 2024
ताजा
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक