प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता : Icon Khabar

काठमाडौँ, असोज ११ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गरे। साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने