शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम

शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, असोज ११ । सुनको भाउले लगातार ६ दिन नयाँ रेकर्ड कायम गरेको छ । यो सँगै पछिल्लो ६ दिनमा मात्र सुनको भाउ तोलामा ४१ सय रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (असोज ११ गते) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय इजरायल–लेबनान द्वन्द्वको प्रभाव तथा युक्रेनमाथि रुसको हमलाका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

पछिल्लो केही दिनयता इजरायल–लेबनानको द्वन्द्व तथा युक्रेनमाथि रुसको आक्रमण बढ्दो क्रममा रहेकोले सुनको मूल्यमा अझै वृद्धि हुने विश्लेषकहरुको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा किनेबच भएको थियो ।

Published Date: 27 September 2024


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली