शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम

शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, असोज ११ । सुनको भाउले लगातार ६ दिन नयाँ रेकर्ड कायम गरेको छ । यो सँगै पछिल्लो ६ दिनमा मात्र सुनको भाउ तोलामा ४१ सय रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (असोज ११ गते) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय इजरायल–लेबनान द्वन्द्वको प्रभाव तथा युक्रेनमाथि रुसको हमलाका कारण लगानीकर्ताहरुले सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

पछिल्लो केही दिनयता इजरायल–लेबनानको द्वन्द्व तथा युक्रेनमाथि रुसको आक्रमण बढ्दो क्रममा रहेकोले सुनको मूल्यमा अझै वृद्धि हुने विश्लेषकहरुको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा किनेबच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने