आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह

आज र भोलि रात्रिकालीन बस नचलाउन आग्रह : Icon Khabar

काठमाडौँ, असोज ११ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा शुक्रबार र शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस चलाउने प्राधिकरणले आग्रह गरेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आङ्कलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनिएको छ ।

साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।

यसैगरी पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन । दाउन निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि प्राधिकरणले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने