भदौमा वैदेशिक रोजगारीका लागि  ५७ हजार भन्दा बढी नेपाली विदेशिए

भदौमा वैदेशिक रोजगारीका लागि  ५७ हजार भन्दा बढी नेपाली विदेशिए : Icon Khabar

काठमाडौँ, असोज ९ । वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली विदेशिए का छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली विदेशिएका हुन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली विदेशिएका छन् भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।

मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् ।

मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै गिरावट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने