आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १० । आज २०८१ असोज १० गते बिहीवार, तद्अनुसार २६ सेप्टेम्बर २०२४ । आज असोज कृष्ण नवमी, परिधि गर पुनर्वसु, सोह्र श्राद्ध अन्तर्गत नवमी श्राद्ध, अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस, सूर्योदय बिहानः ०५ः५४ बजे, सूर्यास्त साँझः १७ः५५ बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्यप्रति रुचि रहने छ । मान–सम्मान प्राप्त हुनेछ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ ।

वृष: लाभको अवसर हात पर्नेछ । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । परिवारमा प्रसन्नता रहने छ ।

मिथुन: ऐश्वर्यका साधनमा सोच–विचार गरेर खर्च गर्नु होला । नकारात्मकता हावी रहने छ । सवारीसाधन तथा मशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला ।

कर्कट: अदालतको काम मनोनुकूल रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ । शेयर मार्केटबाट ठूलो फाइदा हुनेछ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: प्रयास बढी गर्नु पर्नेछ । लाभमा वृद्धि हुनेछ । काममा ध्यान दिन गाह्रो पर्नेछ । बिना कारण कसैसंग भनाभन हुन सक्ने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । उपहार दिनु पर्ने हुनसक्छ । प्रयासहरु सफल रहने छन् । व्यापारमा तथा सम्मानमा वृद्धि हुनेछ ।

धनु: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय गर्दा सोच–समझकर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । शेयर मार्केटबाट ठूलो लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगडामा नपर्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग बल्झिन सक्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

Published Date: 26 September 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली