पोखरा उच्च अदालतद्वारा पल शाहलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश

पोखरा उच्च अदालतद्वारा पल शाहलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश : Icon Khabar

पोखरा, माघ २३ । उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा हाजिर गर्न आदेश दिएको छ । अदालतले पल शाहविरुद्ध बाल यौन दुराचार मुद्दामा दुवै पक्षलाई बयान दिन आदेश दिएको छ ।

सोमबार प्रधानन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई आत्मसमर्पण गर्न आदेश दिएको हो । यसअघि जिल्ला अदालत नवलपरासी (पूर्व)ले शाहलाई साढे दुई वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय र पल शाह दुवैले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । तर जिल्ला अदालत तनहुँले पल शाहलाई सफाइ दिएको थियो ।

Published Date: 06 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ