सरकारद्वारा सार्वजनिक हित र सरोकारका विधेयक अगाडि बढाउने तयारी

सरकारद्वारा सार्वजनिक हित र सरोकारका विधेयक अगाडि बढाउने तयारी : Icon Khabar

काठमाडौं, माघ २३ । सरकारले जनहित र सरोकारका विधेयक संसदमा पेश गर्ने गृहकार्य थालेको छ । संसदमा पेश गर्ने विधेयकमाथि छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको प्रमुख सचेतकको बैठकमा सहमति भएको हो । बैठकका सहभागीहरुले प्राथमिकताका आधारमा विधेयक पेश गर्ने सहमति गरेका छन् ।

विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकता लगायतका विधेयक अगाडि बढाउन संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग विस्तृत छलफल भएको थियो ।

प्रमुख सचेतकले जनताको हित र सरोकार, सुशासन र विकाससँग प्रत्यक्ष सरोकार राख्ने विषयमा छलफल गरेका थिए ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्णबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतको सहभागिता थियो।

बैठकमा मुख्य सचिव शंकरदास वैरागी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीको सहभागिता थियो ।

जनताले संघीयतालाई वास्तविक अर्थमा अनुभूति गराउन र कर्मचारी समायोजनलगायतका अन्य समस्या समाधान गर्न प्रधानमन्त्री दाहालले महत्वपूर्ण विधेयक अघि बढाउन पहल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2023
Website | + posts