आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड

आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड : Icon Khabar

काठमाडौं, असोज १६ । आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा लाममा लागेका छन् ।

एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु छ ।

मुम्बईमा रहेको एप्पल स्टोरमा आईफोन १६ प्रो म्याक्स खरिद गर्न गएका उज्ज्वल शाहले आफू २१ घण्टादेखि लाइनमा लागेको बताएका छन् । “म यहाँ २१ घण्टादेखि लाइनमा छु,” शाहले इन्डिया टाइम्सलाई भनेका छन्, “हिजो राति ११ बजेदेखि म यहीँ छु । स्टोर खुल्ने बित्तिकै पहिलो आईफोन खरिद गर्ने आफैं हुन्छु भनेर म उत्साहित छु ।”

भारतीय समाचार एजेन्सी एएनआईले भारतमा रहेका विभिन्न एप्पल स्टोरको भिडिओ सार्वजनिक गरेको छ । भिडिओमा सयौं व्यक्तिहरू आईफोन खरिद गर्नका लागि लाम लागेका देखिन्छन् ।

भारतमा एप्पलले पहिलो पटक प्रो मोडेलको एसेम्बल सुरु गरेको छ । यसअघि बेस मोडेल मात्र एसेम्बल गर्दै आएको कम्पनीले यस वर्षदेखि प्रो मोडेल पनि एसेम्बल गर्न थालेको हो । भारतमै एसेम्बल भएकाले आईफोन १६ प्रो र प्रो म्याक्स मोडेल खरिद गर्न त्यहाँका नागरिक बढी उत्साहित भएको बताइएको छ ।

भारतमा आईफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ । त्यस्तै आईफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ । आईफोन १५ प्रो र प्रो म्याक्सको सुरुवाति मूल्य भारतीय बजारमा क्रमशः एक लाख ३४ हजार ९०० र एक लाख ५९ हजार ९०० रुपैया राखिएको थियो ।

अहिलेको प्रो मोडेल भारतमै बनेकाले केही सस्तो रहेको बताइएको छ । बेस मोडेलको सुरुवाति मूल्य भने अघिल्लो वर्षको जस्तै ७९ हजार ९०० र ८९ हजार ९०० भारु रहेको छ ।

Published Date: 20 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु