आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड

आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड : Icon Khabar

काठमाडौं, असोज १६ । आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा लाममा लागेका छन् ।

एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु छ ।

मुम्बईमा रहेको एप्पल स्टोरमा आईफोन १६ प्रो म्याक्स खरिद गर्न गएका उज्ज्वल शाहले आफू २१ घण्टादेखि लाइनमा लागेको बताएका छन् । “म यहाँ २१ घण्टादेखि लाइनमा छु,” शाहले इन्डिया टाइम्सलाई भनेका छन्, “हिजो राति ११ बजेदेखि म यहीँ छु । स्टोर खुल्ने बित्तिकै पहिलो आईफोन खरिद गर्ने आफैं हुन्छु भनेर म उत्साहित छु ।”

भारतीय समाचार एजेन्सी एएनआईले भारतमा रहेका विभिन्न एप्पल स्टोरको भिडिओ सार्वजनिक गरेको छ । भिडिओमा सयौं व्यक्तिहरू आईफोन खरिद गर्नका लागि लाम लागेका देखिन्छन् ।

भारतमा एप्पलले पहिलो पटक प्रो मोडेलको एसेम्बल सुरु गरेको छ । यसअघि बेस मोडेल मात्र एसेम्बल गर्दै आएको कम्पनीले यस वर्षदेखि प्रो मोडेल पनि एसेम्बल गर्न थालेको हो । भारतमै एसेम्बल भएकाले आईफोन १६ प्रो र प्रो म्याक्स मोडेल खरिद गर्न त्यहाँका नागरिक बढी उत्साहित भएको बताइएको छ ।

भारतमा आईफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ । त्यस्तै आईफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ । आईफोन १५ प्रो र प्रो म्याक्सको सुरुवाति मूल्य भारतीय बजारमा क्रमशः एक लाख ३४ हजार ९०० र एक लाख ५९ हजार ९०० रुपैया राखिएको थियो ।

अहिलेको प्रो मोडेल भारतमै बनेकाले केही सस्तो रहेको बताइएको छ । बेस मोडेलको सुरुवाति मूल्य भने अघिल्लो वर्षको जस्तै ७९ हजार ९०० र ८९ हजार ९०० भारु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 September 2024
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी