काठमाडौं उपत्यका लगायत देशभरको नदीमा पानीको बहाव बढ्दै, सतर्कर्ता अपनाउन आग्रह

काठमाडौं उपत्यका लगायत देशभरको नदीमा पानीको बहाव बढ्दै, सतर्कर्ता अपनाउन आग्रह : Icon Khabar

काठमाडौं, असोज १ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी–पहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

अहिले देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज संखुवासभा, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ र दार्चुला भई बग्ने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2024
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने