राष्ट्रियसभाको उपसभामुखमा सांसद उर्मिला अर्याल निर्विरोध

राष्ट्रियसभाको उपसभामुखमा सांसद उर्मिला अर्याल निर्विरोध : Icon Khabar

काठमाडौं, माघ २३ । राष्ट्रियसभाको उपसभामुखमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन् । आज हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताका क्रममा उपराष्ट्रपति पदका लागि मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

आज दिउँसो १२ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्याल उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको हो । नेपाली कांग्रेसले उम्मेदवार बनेकी अर्याललाई प्रतिद्वन्द्वी नदिई निर्विरोध हुन सघाएको छ ।

अर्यालले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको नाम माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटाले प्रस्ताव गरेका थिए ।

पर्साको वीरगन्ज महानगरपालिका–२३ गण्डकचोकको स्थायी ठेगाना रहेको ६६ वर्षीय अर्याल २०२२ फागुनदेखि राष्ट्रियसभामा सांसद हुन् । शशिकला दाहालको चार वर्षे कार्यकाल सकिएपछि उपाध्यक्ष पद रिक्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट