राष्ट्रियसभाको उपसभामुखमा सांसद उर्मिला अर्याल निर्विरोध

राष्ट्रियसभाको उपसभामुखमा सांसद उर्मिला अर्याल निर्विरोध : Icon Khabar

काठमाडौं, माघ २३ । राष्ट्रियसभाको उपसभामुखमा नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन् । आज हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताका क्रममा उपराष्ट्रपति पदका लागि मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

आज दिउँसो १२ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्याल उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो । एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादी केन्द्रले उपाध्यक्ष पद पाएको हो । नेपाली कांग्रेसले उम्मेदवार बनेकी अर्याललाई प्रतिद्वन्द्वी नदिई निर्विरोध हुन सघाएको छ ।

अर्यालले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको नाम माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटाले प्रस्ताव गरेका थिए ।

पर्साको वीरगन्ज महानगरपालिका–२३ गण्डकचोकको स्थायी ठेगाना रहेको ६६ वर्षीय अर्याल २०२२ फागुनदेखि राष्ट्रियसभामा सांसद हुन् । शशिकला दाहालको चार वर्षे कार्यकाल सकिएपछि उपाध्यक्ष पद रिक्त भएको थियो ।

Published Date: 06 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर