भक्तपुरको ब्यासीमा स्वास्थ्य शिविर सम्पन्न

भक्तपुरको ब्यासीमा स्वास्थ्य शिविर सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २२ । भक्तपुरमा हाडजोर्नी तथा नशा र आँखा रोग सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा सो शिविर सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य नै भन्दा ठूलो धन भएको बताउनुहुँदै जनता स्वस्थ भए नगर नै स्वस्थ हुने चर्चा गरे।

कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरि प्रसाद बासुकला, ख्वप अस्पतालका डा. मजेश प्रताप मल्ल, वडा सदस्यद्धय श्यामसुन्दर मातां र मञ्जु लाखाजु, रत्नकाजी नायभारी लगायतले पनि आ आफ्नो मन्त्यव्य राखेका थिए।

उक्त शिविरमा १६४ जनाले आँखा परिक्षण र १२८ जनाले हाडजोर्नी तथा नशा रोग सम्बन्धिको जाँच गराएका थिए।

Published Date: 07 September 2024


ताजा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु