तीजको दिन सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम

तीजको दिन सुनको मूल्य आकाशियो, प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, भदौ २१ । घरेलु बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने