रुसले युक्रेनमा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जनाको मृत्यु

रुसले युक्रेनमा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जनाको मृत्यु : Icon Khabar

युक्रेन, भदौ १९ । रुसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबैभन्दा घातक आक्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । रुसले सैन्य प्रशिक्षण सुविधा तथा नजिकैको अस्पताललाई केन्द्रित गरी प्रहार गरेको किभले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्दोश युक्रेनीको हत्या गर्ने ‘रुसी पक्षलार्ई जवाफदेही बनाउने वाचा’ गरेका छन् भने उद्धारकर्ताहरुले आक्रमणबाट प्रभावित भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

आक्रमणबाट प्रभावित भवनको भग्नावशेषबाट मानिसहरुको ज्यान बचाउनका लागि यथाशक्य प्रयास गरिरहेको जेलेन्स्कीले बताएका छन् । यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति बाइडेनले किभकोे रक्षा गर्न आवश्यक हवाई रक्षा प्रणाली र क्षमताहरु प्रदान गरी सैन्य सहायता जारी राख्ने वाचा राखेका छन् ।

बेलायती विदेश सचिव डेभिड ल्यामीले उक्त आक्रमणलाई घृणित कार्य भनेका छन् भने जर्मन विदेशमन्त्री एनालेना बेरबकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूरताको ‘कुनै सीमा नभएको’ बताएका छन् । मंगोलियाको भ्रमणपछि मंगलबार पुटिनले रुसको भ्लाडिभोस्तोकको यात्रा गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनकोे मंगोलिया भ्रमण युक्रेनमा भएको युद्धसँग सम्बन्धित गिरफ्तारीको वारेन्ट जारी भएपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) का सदस्यसँगको पहिलो भ्रमण थियो । – एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने