आज सार्वजनिक बिदा भन्दै गलत प्रचार गरेकाे आरोपमा एक जना पक्राउ

आज सार्वजनिक बिदा भन्दै गलत प्रचार गरेकाे आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौँ, भदौ १९ । बुधबार सार्वजनिक बिदा भन्दै गलत प्रचार गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् । विदा भन्दै सूचना बनाएर नै सामाजिक संजालमा राखेकाे आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेकाे छ । यद्धपी, यस विषयमा थप पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण भने प्रहरीले खुलाएकाे छैन ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सामाजिक संजालमा गलत सूचना देखेपछि उक्त सूचना जारी गर्ने व्यक्तिको खोजी गरेको थियो । साइबर ब्यूरोसँग समन्वय गरेर नै प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

यसअघि, गृह मन्त्रालयले सार्वजनिक गरेकाे विदाकाे सूचनालाई नै ताेडमाेड गरेर उक्त तस्बिर भाइरल गराइएकाे थियाे । गृहमन्त्रालयको लेटरहेडबाट नै सार्वजनिक बिदा भन्दै आजकाे मिति राखेर गलत सूचना सम्प्रेषण गरिएको थियो ।

भाइरल भएकाे सूचनामा सार्वजनिक विदाकाे कारण भने कतारका अमिर शेख तमिम बिन हमाद अल थानीकाे नेपाल भ्रमण लेखिएकाे छ । कतारका अमिर शेख नेपालमा गत वैशाख ११ गते, मंगलबार आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2024
Website | + posts




ताजा
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित